नेभिगेशन
राजनीति

आरोप पुष्टि गर्न गंगाको चुनौती

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपहरू पुष्टि गर्न चुनौती दिएकी छन् । सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको दाबी गरेकी छन् । विगतमा ‘दुबईमा ४० अर्ब’ रहेको तथा भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको आरोप पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोड’को हावादारी हल्ला चलाइएको उनको भनाइ छ । 
दाहालले यस्ता आरोप पुष्टि गर्न सार्वजनिक चुनौती दिँदै आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको बताएकी छन् । आफूहरूले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको र सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने उनले उल्लेख गरेकी छन् ।
गलत गरेको पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको बताउँदै उनले आफ्नो बाल्यकाल असामान्य राजनीतिक परिस्थितिमा बितेको स्मरण गरिन् । जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने संस्कारमा हुर्किएको उनको दाबी छ । छोरीको नाताले बुवालाई सहयोग गर्नु अपराधका रूपमा चित्रण नगर्न पनि उनले आग्रह गरेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्