नेभिगेशन
नेपाल

संविधान दिवसमा टेलिकमको अफर

काठमाडौं (संवाददाता)– नेपाल टेलिकमलले संविधान जारी भएको एक दशक पूरा भएको उपलक्ष्यमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘संविधान दिवस अफर २०८२’ असोज २ देखि ४ गतेसम्म लागू हुने जनाएको छ ।

अफरअन्तर्गत ग्राहकले ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न मिल्ने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र एक सय मिनेट अन नेट भ्वाइस सुविधा पाउनेछन् ।

त्यस्तै, डाटा प्याकेजमा एक सय ११ रुपैयाँमा पाँच दिनका लागि छ जीबी, एक सय ९९ रुपैयाँमा सात दिनका लागि १३ जीबी, दुई सय ९९ रुपैयाँमा १२ दिनका लागि २० जीबी र तीन सय ९९ रुपैयाँमा १५ दिनका लागि ३० जीबी डाटा प्याक उपलब्ध गराएको छ ।

टेलिकमले यही योजनामा ‘फेस्टिभ कम्बो प्याक’ पनि ल्याइएको छ । सात सय ८९ रुपैयाँमा उपलब्ध यो प्याकेज प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।

यसअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस र दुई सय अल नेट एसएमएस सुविधा प्रदान गरिने टेलिकमले जनाएको छ । पोस्टपेड प्रयोगकर्ताले यस प्याक वा ३० जीबी डाटा प्याकेज लिँदा मासिक रेन्टल चार्जबाटै सो शुल्क काटिने सुविधा पनि पाउनेछन् ।

ग्राहकले असोज २ देखि ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार १४१५ स्टार ११ ह्यास डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी प्याकेज खरिद गर्न सक्नेछन् ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, यो अफरले ग्राहकलाई चाडपर्वको माहोलमा सस्तो दरमा सञ्चार सेवाको सहज पहुँच दिलाउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्