नेभिगेशन
प्रदेश

बेलका घटनामा तीनको मृत्यु

विराटनगर । उदयपुरको बेलका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुई जना घाइतेको उपचार भइरहेको छ । आइतबार सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटोरिक्सा र विपरीत दिशाबाट आएको स्कुलको बस आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घटनामा मृत्यु हुनेहरुमा बेलका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर,
२८ वर्षीय इन्द्र थापा मगर र सनाखन हुन बाँकी रहेकी एक महिला यात्री रहेको प्रहरीले जनाएको छ । घाइते मैनीका १८ वर्षीय रोशन मगर र 
विराटनगर–१२ बस्ने १९ वर्षीय अजित गुरुङको उपचार भइरहेको छ । रोशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा छ भने बस र चालक बेलका–५ घुम्नेका ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्