नेभिगेशन
शिक्षा

त्रिविको व्यवस्थापन संकायको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ ।
व्यवस्थापन संकाय, डिनको कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार एमबीएस, एमपीए, एमबीए–एफ, एमबीए–सीएल, एमबीए–एम, एमबीएम, एमएचएम, एमटीटीएम र एमएटीएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।
बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन सङ्कायले जनाएको छ । स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
यसअघि त्रिविको व्यवस्थापन संकायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा भदौ ११ गते सञ्चालन हुने एमबीएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तर्राष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्