नेभिगेशन
प्रदेश

रसुवा बाढी (अपडेट) : १६२ जनाको शव फेला, २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे र विभिन्न प्रहरी चौकीका गरी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। २०८३ साउन ११ गते बिहानसम्म प्राप्त विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि तीन हजार ३ सय ९८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।
जिल्लास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना मात्र सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन्। यस्तै, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफूबेँसीका ८ मध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना, बेत्रावतीका १० मध्ये ९ जना र हाकुका ६ मध्ये ५ जना प्रहरी कर्मचारी मात्र सम्पर्कमा आएका छन्।
बाढीका कारण देशका विभिन्न स्थानबाट हालसम्म १६२ जनाको शव फेला परिसकेको छ। जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा र नवलपरासी पश्चिममा २-२ जनाको शव भेटिएको हो।
घटनामा घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्रि.वि. शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, त्रिशुली अस्पतालमा ९, नर्भिक अस्पतालमा ३ तथा बिरामी/घाइतेमध्ये बिरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १-१ जनाको उपचार भइरहेको जनाइएको छ।
सम्पर्कविहीन रहेका प्रहरी कर्मचारी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र पारिएको र राहत तथा उद्धारका लागि सुरक्षा निकाय निरन्तर खटिरहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्