विपद् भनेको कुनै पनि यस्तो आकस्मिक वा गम्भीर घटना हो, जसले ठूलो मात्रामा जिउधनको क्षति, वातावरणीय विनाश र सामाजिक जनजीवनमा गम्भीर अवरोध सिर्जना गर्दछ । यस्ता घटनाहरूले पु¥याउने क्षति सामान्यतया प्रभावित समुदाय वा समाजले आफ्नो स्रोत–साधन प्रयोग गरेर मात्र धान्न सक्ने क्षमताभन्दा बाहिर हुन्छ । संकट या विपत हरेक व्यक्ति, परिवार,समाज, राष्ट तथा मानव जगत जसको जीवनमा पनि आउन सक्छ । संकट वा विपत आज विश्वव्यापी रुपमा देखिएको गम्भीर घटना वा बिषय बनेको छ । पृथ्वीमा प्रकृतिको हलचलबाट आउने विपत प्राकृतिक विपत हो । भूकम्प, बाढी, पहिरो, आँधीबेरी, ज्वालामुखी विस्फोट, खडेरी जस्ता प्राकृतिक प्रकोप हुन् । यसबाट सिर्जित समस्या प्राकृतिक विनाश हो । युद्ध, अपराघ, लडाई, बम विस्फोट, हवाई दुर्घटना, सडक दुर्घटना, आधौगिक दुर्घटना, आगलागी र वातावरणीय विनाश लगायतका विपतहरु मानव सिर्जित हुन् । सर्मपण एकेडेमीमा क्राइसिस म्यानेजमेण्ट बिषयका भौगोभिक विपतका प्राध्यापक डा. तारा निधी भट्टराईको भनाईमा जुनसुकै विपतबाट पनि मान्छेको जीउधन खतरामा हुन्छ भने त्यस पछि विपत हुन्छ र त्यसबाट विनाश हुन्छ । भदौ १० गते भोटेकोशीमा आएको प्राकृतिक विपत हो । जसवाट गम्भीर रुपमा मानवीय नीवन र जीउधनको नोक्सानी भयो । रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा अहिले देखिएको भयाभह अवस्था चाहि प्राकृतिक विपत हो । क्राइसिस म्यानेजमेण्ट कलेज धुम्वराहीमा प्राध्यापनरत डा भट्टराई संकट पछिको व्यवस्थापन अर्को महत्वपूर्ण विषय भएको बताउँछन् । क्राइसिम म्यानेजमेण्टको बिषयको बिधार्थीको रुपमा मलाई पनि क्राइसिस म्यानेनमेण्ट भनेको नौलो बिषय लागेको थियो । तर आज क्राइसिस म्यानेजमेण्ट हरेक समय र घडीमा आउने बिषय रहेछ ।
विपत प्रकृतिले सिर्जना गरेको विषय हो या मानव सिर्जित विपत हो । आजको विश्व मानव जगत हरेक क्षण कुनै न कु्नै विपत र संकटमा जुधिरहेको अवस्था छ । नेपालको उत्तरी क्षेत्र तिब्वत तर्फबाट भोटेकोशीमा अकस्मात आएको बाढीको कारण रसुवा, नुवाकोेट, धादिङ, गोरखा लगायतका जिल्लाहरुमा भएको जनधनको क्षति र बाढीले मानव वस्ति र मानव सिर्जित निवास, भौतिक संरचना, पावर हाउस, सरकारी संरचना तथा निजी सम्पत्तिको क्षति नोक्सानी वास्तवमा निर्कै कहालीलाग्दो अवस्थाको छ । भोटेकोशीको बाढीले गरेको प्राकृतिक विनाश र त्यसको उद्धारको लागि नेपाल सरकार, नेपाली सेना, प्रहरी, शसक्त प्रहरी बल, निजी क्षेत्रका संघ संस्थाहरुको कार्य र योगदान प्रशसनीय बनेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार र स्र्वय प्रधानमन्त्री र सरकारको टिमले उद्धारमा प्रर्दशन गरेको सकृयता र सुरक्षाकर्मी देखाइएको बहादुरी र निजी क्षेत्रका विभिन्न संघ संस्था, स्थानीय नागरिक समाज, स्थानीय सघ संस्थाले बढाएको सहयोगी हातहरुले संकटमा नेपाली समाजको बलियो एकता र बलियो भाइचारा देखिएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको महाविपद्पछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सङ्घीय सरकार राहत, उद्धार र सडक सञ्जाल पुनःसञ्चालनमा निकै सक्रियताका साथ लागिपरेको छ । विपद् व्यवस्थापन र नागरिकको जीवन रक्षाका लागि सरकार सकृय बनेको छ सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । खोजी, उद्धार तथा राहत कार्यका लागि १५ हजार भन्दा वढी सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल) मैदानमा खटाइएका छन् । हवाई तथा स्थलगत उद्धारः सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरहरू मार्फत धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेसी जस्ता दुर्गम क्षेत्रहरूमा पर्याप्त उडानहरु भरेको अवस्था देखिन्छ । जसमा सुरुङभित्र फसेका सयौ नागरिक, विदेशी पर्यटक, जलविद्युत परियोजनाका श्रर्मिक कामदार र विदेशी नागरिकको उद्धार गरिएको छ । प्रधानमन्त्री बालेन शाह आफैँ पूर्वाधार विकास मन्त्री र उच्च अधिकारीसहित नुवाकोटको विदुर लगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेर तत्काल राहत वितरण गर्न र टेन्टहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएको अवस्थाले पनि सरकार विपत व्यवस्थापन र उद्धारमा निकै सकृय देखिएको छ । यसैगरी गृहमन्त्री सुधन गुरुङ आफैँ प्रभावित जिल्लाका मैदानमा खटिएर समन्वय गरिरहेका अवस्थाले सरकार र सिगो सुरक्षा टिम स्थलगत कार्यमा विपतमा परेका नागरिकको उद्धारमा जुटेको देखिन्छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको संकटको घडीमा सम्पूर्ण कृयाशील राजनीतिक दलहरुको सहयोग र साथ जुटाएका छन् । सभापति लामिछानेले सिगो पार्टीलाई विपतमा जुट्न र नागरिकको उद्धारको लागि सरकारी सर्बै सयन्त्रहरुलाई सहयोगमा कृयाशील रहन निर्देशन दिएको स्थिती छ । यो अवस्थाले पनि सरकार विपत र उद्धारमा निर्कै कृयाशील र सकृय देखिन्छ ।
। जतिवेला कोभिडको समय थियो, त्यति वेला पनि संकटमा नेपाली समाजले संकट व्यवस्थापनमा बलियो शक्ति प्रर्दशन गरेको थियो ।
घटनाले विश्वव्यापी रुपमै रसुवाको घटना अन्तराष्ट्रिस्तरको विपतको न्यूज बनेको छ । भोटेकोशीको विपतको लागि अन्तराष्ट्रिय समुदायले नेपाललाई सहयोगको बलियो प्रतिवद्धता जनाएका छन् । छिमेकी मुलुक भारतले नेपाललाई जस्तो सुकै सहयोग र सहकार्य गर्न तयार रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई टेलिफोनबाट गरेको संवादबाट नेपालको कठिन अवस्थामा भारत बलियो सहयोगीको रुपमा देखिएको छ । त्यसैगरी छिमेकी मुलुक चीनले नेपालमा भएको बिपतमा आफू जुनसुकै सहयोग र सहकार्यमा जोडिन सक्ने प्रतिवद्धता चिनियाँ सरकारी पक्षबाट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले नेपालको विपतमा अमेरिकी सरकारको सहयोगको प्रतिवद्धता जनाएको विषय रहेको छ । नेपाललाई सहयोग गर्न अन्य सार्क राष्ट्रहरु बंगलादेश, पाकिस्थान, श्रीलंकाले सहयोगको हातहरु अगाडी बढाएका छन् । खाडी मुलुकहरु साउदी अरेविया, कतार, कुवेत, मलेसिया लगायतका मुलुकहरुमा ठुलो संख्या नेपाली युवाहरु बैदेशिक रोजगारमा रहेका छन् । ती राष्ट्रहरुबाट पनि बलियो सहयोगको प्रतिवद्धताहरु आएका छन् । त्यसैगरी इजरायल सरकारले सहयोगको प्रतिवद्धता व्यक्त गरेको छ । बेलायत तथा युरोपेली राष्ट्रहरुको साथै दातृ संघ सस्थाहरु विश्व र्बैक, एशियाली विकास बैक, युरोपियन युनियन, जापान, दक्षिण कोरिया, रसिया लगायतको मुलुकहरुले नेपालको अवस्था प्रति गहिरो चासो र सहयोगी हातहरु अघि बढाएका छन् ।
नेपाल सरकारले रसुवामा भएको प्राकृतिक विनाशले सिर्जना गरेको प्राकृतिक विपतको उद्धार र व्यवस्थापनमा नेपाल सरकारले गरेको उद्धार कार्यलाई अन्तराष्ट्रिय समुदायले प्रशसा गरेको छ । यो कठिन घडीमा नेपाली सेना, प्रहरी, स्वयसेवी संस्थाहरुले प्रकट गरेको शक्ति र बलियो सहयोगी हातहरुलाई नेपालीजनले बलियो साथ दिएका छन् । युवा नेतृत्वको यो सरकारको लागि पनि यो निर्कै कठिन परीक्षा पनि हो । युवा नेतृत्व सरकारका मन्त्रीहरु आर्फै घटनास्थलमा उत्रिएर विपतमा परेका नागरिकको उद्धार र उनीहरुको जीवन रक्षाको लागि जुटेको अवस्था जिरो रिर्पोटिङमा पनि देखिन्छ । सरकारले विपतमा परेका नागरिकको जीउ धनको रक्षा र उनीहरुको उद्धारको लागि प्रस्तुत गरेको शक्तिलाई नागरिकले बलियो साथ दिएका छन् ।
संकट आए पछि त्यसको सही व्यवस्थापन र पूर्ननिर्माणमा जुट्नु सरकार र नागरिक समाजको जिम्मेवारी पनि हो ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको आकस्मिक र विनाशकारी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट द्रुत र ठूलो मात्रामा सहयोग प्राप्त भइरहेको छ । हाम्रो जस्तो मुलुकमा भएको गम्भीर खालको विपत र मानवीय संकटमा अन्तराष्ट्रिय समुदायको गहिरो ध्यानाकर्षण र सहयोग प्राप्त हुनु आफैमा पनि महत्वपूर्ण विषय हो । विभिन्न देश तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले आर्थिक सहायता, उद्धार सामग्री र प्राविधिक सहयोग उपलब्ध गराएका छन् । यसको सही व्यवस्थापन, पारदर्शी वितरण प्रणाली र प्रभावित जनताको हातमा उद्धार र राहत सामग्री पुर्याउनु पनि राज्यको दायित्व हो । विभिन्न देशहरूबाट प्राप्त सहयोग सामग्री अस्थायी टेन्ट, कम्बल, औषधि, स्वच्छता किट र तयारी खाना तत्काल लक्षित बर्गमा पुुर्याउने दायित्व पनि सरकारको हो । तत्काल खाद्यान्न, स्वास्थ्य र खानेपानीको व्यवस्थाका लागि मानवीय सेवा पुग्नु पर्छ । उद्धार र विपत व्यवस्थापनमा सरकारले अन्तराष्ट्रिय अभ्यास, प्रयोग र नागरिक तहका विभिन्न सहयोगी संस्थाहरुको सहयोगलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पनि सरकार र सम्वन्धित निकायहरुको भूमिका प्रभावकारी हुनु पर्छ ।
सबै राजनीतिक दल, नागरिक समाज, संसद र सरकारको सबै अंगहरु परिचालन हुनु पर्छ । पक्कै पनि यो कठिन अवस्थामा नागरिक समाजका सबै पक्ष, निकाय, बुद्धिजीवी, निजी क्षेत्रका उद्यमी ब्यवसायी, पेशाकर्मी र सबै पक्ष बिगतका कठिन घडीमा जस्तै बिपतमा परेको स्वदेशी तथा विदेशी नागरिकको उद्धारमा नेपाल सरकार र नागरिक समाजका विभिन्न संघ संस्था र प्रत्येक नेपाली नागरिकले घर घरबाट सहयोग जुटाउन थालेका छन् । मानवीय संकटको व्यवस्थापन र पुर्ननिर्माणमा सबै पक्षको सहयोग र सहकार्यमा नेपालले विश्वसामु उत्कृष्ट मानवीय सेवा, बलियो एकता भोटेकोशीको आएको विपतमा पनि प्रस्तुत गर्ने छ । अन्तराष्ट्रिय समुदायले पनि नेपाल उद्धार र विपतमा नेपाल सरकार, सुरक्षा निकाय र नागरिक समाज र निजी क्षेत्रबाट भइरहेको सहयोग र उद्धारलाई निकै प्रशसा गरेको छ ।