नेभिगेशन
राजनीति
बाढी प्रभावित क्षेत्र पुगे गगन

राहत नपाएको स्थानीयको गुनासो

काठमाडौं । कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका छन् । सोमबार धादिङ र नुवाकोटका विभिन्न क्षेत्र पुगेर उनले स्थानीयसँग संवाद गरेका छन् । बाढीले पु¥याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी पुगेका हुन् ।
सभापति थापाले धादिङको गल्छीस्थित पुल तरेपछि कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे । धादिङका प्रभावित क्षेत्रहरूको अवस्था बुझेपछि उनी नुवाकोट पुगे । त्यहाँ तारुकाघाट, दर्शनदार, देवीघाट र गौरीबेंसी लगायतका स्थानहरूको अनुगमन गरेका छन् । बाढीले पु¥याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे उनले जानकारी लिएको कांग्रेस नेता जगदीशनरसिंह केसीले बताए । 
विभिन्न स्थानको अनुगमनपश्चात् थापा नुवाकोटको हात्तिगांैडा कोलोनीमा रहेको होल्डिङ सेन्टरमा पुगेका थिए । विस्थापित भएर त्यहाँ बसेका परिवारको अवस्था र उनीहरूलाई उपलब्ध गराइएको राहतका विषयमा जानकारी लिएका थिए । त्यस क्रममा बाढी प्रभावितहरुले सभापति थापासँग सुरूङ लगायत क्षेत्रमा उद्धारमा ढिलाइ भएका र राहत ब्यारेकमा थन्किएपनि पीडितसम्म नपुगेको गुनासो गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्