नेभिगेशन
प्रदेश

गोल्याण फाउन्डेसनद्वारा बाढी पीडितलार्य खानादेखि मनोपरामर्शसम्म

काठमाडौं । बुधबार नै नुवाकोटको विदुर पुगेर राहत तथा सहयोग कार्य सुरु गरेको गोल्याण फाउन्डेसनले अहिले चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा करिब ४ सय जनालाई भोजनका साथै स्वास्थ्य उपचार र मनोपरामर्श सेवा दिइरहेको छ । बालबालिकाको लागि खेल सामग्री र आवश्यक लत्ता कपडा पनि दिएको छ  ।
गोल्याण ग्रुपअन्तर्गतको समाजसेवी संस्था गोल्याण फाउन्डेसनले देवीघाट क्षेत्रका ६८ घरपरिवारलाई आवश्यक सेवा गरिरहेको हो ।  ती परिवारका सदस्यसहित आसपासका समेत गरि दैनिक करिब ४ सय जनालाई होल्डिङ सेन्टरमा खाना–खाजा (तीनपटक) प्रवन्ध गरिएको छ  । भोजनका अतिरिक्त सामान्य स्वास्थ्य सेवा र बालमनोपरामर्श सेवा प्रदान गरिएको छ  । ग्रुपले गोल्याण फाउन्डेसनमार्फत उक्त कार्यको लागि ५० जना स्वयंसेवी तथा कर्मचारी र मनोपरामर्शकर्ता परिचालन गरेको छ  ।
गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख तथा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत ज्योति गैह्रेको नेतृत्वमा स्वयंसेवी समूह खटिएको छ  । होल्डिङ सेन्टरमा करिब ४० जना बालबालिकासमेत रहेका छन्  । उनीहरुको लागि खेल सामग्रीका साथै बालमनोपरामर्शको काम पनि भइरहेको सीईओ गैह्रेले बताइन्  । 
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले विपत्तिका बेला प्रभावित नागरिकलाई साथ र सहयोग दिनुपर्छ भन्ने मान्यताका साथ बाढी गएको दिनमै राहत तथा सहयोग योजना बनाइएको बताए  । ‘यस्तो बेला प्रभावित क्षेत्रमै पुगेर सहयेग गर्नुपर्छ भन्ने हिसाबले हामीले नुवाकोटको विदुरमा गएर तत्कालीक राहत तथा सहयोग कार्य ग¥यौं,’ उनले भने, ‘अवस्था सामान्य नभएसम्म हाम्रो सहयोग जारी रहन्छ  । नेपाल सरकार र सरकारी निकायसँग समन्वय गरेर राहत तथा सहयोग कार्य अझ प्रभावकारी बनाइनेछ  ।’
गोल्याण ग्रुपले प्रभावित क्षेत्रमा पुगेर तत्कालीक राहतका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ  । गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले सोमबार बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो  । कम्पनीका प्रवन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका छन्  । रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो  । कम्पनीले सुनसरीको दुहबी र खनारस्थित उद्योगबाट धागो उत्पादन गर्दै आएको छ  । प्राकृतिक विपत्तिको बेला नागरिक र सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्