नेभिगेशन
प्रदेश

गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर क्यासिनोमा पक्राउ

पर्सा । नेपालीलाई प्रवेश गराइ जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले वीरगञ्जको एउटा क्यासिनोमा छापा मार्दा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ परेका छन् । वीरगञ्ज–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा शनिबार राति छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इप्रका पोखरियामा कार्यरत प्रहरी निरीक्षक स्याङ्जाको हरिनास–७ का ३६ वर्षीय प्रदीप पौडेल पनि छन् । 
नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको आरोपमा चार कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्