नेभिगेशन
खेलकुद

टेनिसमा इतिहास रच्दै पोखरेली अभिषेक

पोखरेली टेनिस स्टार खेलाडी अभिषेक बास्तोलाले नेपाली टेनिसमा अर्को इतिहास रच्दैछन् । उनले एटीपी च्यालेन्जर ट्रफी खेल्ने भएका छन् । यो प्रतियोगिता खेल्ने अभिषेक नेपालका पहिलो टेनिस खेलाडी हुन् । ७ देखि १३ सेप्टेम्बरसम्म भियतनामको फान थिएटस्थित नोभा वल्र्डको हार्ड कोर्टमा उक्त च्यालेन्जर ट्रफी हुनेछ । वाइल्ड कार्डबाट प्रवेश पाएका अभिषेकले क्वालिफायरमा जापानी खेलाडी युता कावाहासीविरुद्ध खेल्नेछन् ।
कुल ६३ हजार अमेरिकी डलर पुरस्कार राशिको एटिपी च्यालेन्जरमा नेपालको प्रतिनिधित्व गर्न पाउन नेपाली टेनिस र आफ्नो लागि ऐतिहासिक उपलब्धि भएको अभिषेकले बताए । जापानमा हुने २०औं एसियाली खेलकुदको तयारीका रूपमा अभिषेकले विभिन्न देशमा भएका प्रतियोगिता खेलिरहेका छन् । सम्भवतः यो प्रतियोगितापछि उनी अर्को एक अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुनेछन् । त्यसपछि उनी एसियाडका लागि जापान जाने छन् ।
एसियाडमा अभिषेकको चौथो सहभागिता हो । यसपटकको एसियाडमा केहि फरक र उत्कृष्ट प्रदर्शन दिने अभिषेकले अपेक्षा लिएका छन् । उनले आफ्नो यसपटकको एसियाड सहभागितालाई प्रदर्शनको हिसाबले फलदायी बनाउने उनले बताए । पछिल्लो समय उनले विभिन्न प्रोफेसनल टुरमा राम्रो सफलता पाइरहेका छन् । त्यसले पनि यो एसियाडमा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने बाँस्तोलाको भनाइ छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद