नेभिगेशन
राजनीति

कांग्रेसले १५औं महाधिवेशन सभागृहमा गर्ने

हल बुकका लागि पठाइयो पत्र

काठमाडौं । कांग्रसले १५ औं महाधिवेशनका   राष्ट्रिय सभागृहमा गर्ने भएको छ । पार्टीले सभागृह ६ दिनका लागि बुक गर्ने भएको हो । पार्टी कार्यालयमा कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार सभागृह व्यवस्थापनलाई पत्र लेख्दै हल, लबी, बगैंचा र पार्किङस्थल उपलब्ध गराइदिन भनेका छन् । पार्टीले केन्द्रीय महाधिवेशन  असोज १६, १७, १८ र १९ गते गर्ने गरी तयारी अघि बढाएको छ । 
कांग्रेसको संशोधित कार्यतालिका अनुसार गाउँ÷नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार संशोधित कार्यतालिका प्रकाशित गरेको हो । यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने भनिएकोमा एक साता सारिएको हो । बाढी विपद् र पार्टीभित्र रहेको अहसमत पक्षलाई मिलाउनका लागि भन्दै वडा अधिवेशन मिति सारिएको प्रवक्ता देवराज चालिसेले बताएका छन् । 
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय कांग्रेस निर्वाचन समितिको छ । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूमा असोज १० गतेभित्र सम्पन्न गर्ने र जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने प्रवक्ता चालिसेले बताए । 
उसो त कांग्रेसको इतरपक्षले पनि संस्थापनले महाधिवेशनको मिति तोकेसँगै अलग्गै कार्यतालिका ल्याएको थियो । संस्थापनले तोकेको महाधिवेशनमा नजाने इतरपक्षले यसअघिनै घोषणा गरिसकेको छ । इतरपक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । इतरपक्षले संस्थापनपक्षले पार्टीभित्र सहमति नभइ महाधिवेशनमा गए आफूहरु अलग महाधिवेशनका लागि बाध्य हुने प्रतिक्रिया दिएका छन् । 
यस्तो छ कार्यतालिका
१. गाउँ–नगर वडा अधिवेशन – असोज ३ र ४ गते (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)
६७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन गर्ने ।
२. गाउँ–नगरपालिका अधिवेशन – असोज ७ गते 
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन– असोज १० गते  
४. केन्द्रीय महाधिवेशन  असोज १६, १७, १८ र १९

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्