नेभिगेशन
विश्व

१० रूसी कूटनीतिज्ञलाई हंगेरी छाड्न आदेश

बुडापेस्ट (एपी) – हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मंगलबार यो पुष्टि गरे पनि उनीहरुले गरेको के हो भन्ने प्रष्ट खुलाइएकी छैनन् । भियना महासन्धिअन्तर्गत कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधि गरेको जानकारी रुसी राजदूतलाई दिइएको जनाइएको छ । भियना महासन्धिले कूटनीतिज्ञको आचरण, अधिकार र जिम्मेवारीसम्बन्धी अन्तर्राष्ट्रिय नियम निर्धारण गर्छ । हंगेरीको यो कदम प्रधानमन्त्री पिटर मग्यार नेतृत्वको सरकारको रूससम्बन्धी नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्