नेभिगेशन
विश्व

विश्व शान्ति र जलवायु मुख्य एजेण्डा

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघको ८१औं महासभा मंगलबारबाट सुरु भएको छ । राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा सुुरु भएको महासभा असोज १३ सम्म जारी चल्नेछ । ‘विश्वासको पुनस्र्थापना, रुपान्तरणको व्यवस्थापन ः सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनिया गुटेरेसले सम्बोधन गरे ।
सो अवसरमा अध्यक्ष रहमानले विश्वशान्ति, सुरक्षा, न्याय, जलवायु परिवर्तनलगायतका जल्दाबल्दा मुद्दामा घनिभूत एवं प्रभावकारी ढंगबाट छलफल एवं विचारविमर्श भई विश्वव्यापी समस्या सम्बोधन गर्न अहिलेको  महासभा सफल हुने विश्वास व्यक्त गरे । दिगो विकासका रणनीति कार्यान्वयन, पर्यावरणीय दिगोपन, मानवअधिकार र मानवीय समस्या, डिजिटल गभर्नेन्स र प्रविधिको उपयोग, बहुपक्षीय हितका लागि राष्ट्रसंघको पुनर्संरचनालगायतका विषयमा पनि महŒवपूर्ण छलफल हुने विश्वास व्यक्त गरे ।
महासचिव गुटेरेसले विश्वले विभिन्न किसिमका द्वन्द्वको सामना गर्नुपरेको विद्यमान अवस्थामा उपयुक्त रणनीति तथा कार्यक्रमसहित तिनको सम्बोधन गर्नेतर्फ राष्ट्रसंघको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।
जलवायु परिवर्तन, दिगो विकास, गरिबी, द्वन्द्व, विभाजन र आणविक जोखिमजस्ता समस्याका कारण समग्र विश्व प्रभावित भएको उल्लेख गर्नुहुँदै महासचिव गुटेरेसले आपसी सहयोग, संवाद र सहकार्यबाट समस्या समाधान गर्ने सन्दर्भमा महासभा उपयुक्त मञ्च भएको बताए ।
००००
महासभा सुरु भएको अवसरमा न्युयोर्कस्थित नेपाली स्थायी नियोगले एक विज्ञप्ति जारी गर्दै ८१औँ महासभाले रचनात्मक र उपलब्धिमूलक संवादको अपेक्षा गरिएको उल्लेख गरेको छ । यसैगरी, महासभामार्फत संवाद र सामूहिक प्रयत्नमार्फत विश्वशान्ति, विकास, मानवीयता र जलवायु न्यायका बारेमा काम गर्न इच्छुक रहेको उल्लेख गरिएको छ । नियोगले महासभाको अध्यक्षका रूपमा पदभार ग्रहण गरेका बंगलादेशी कूटनीतज्ञसमेत रहमानलाई बधाई ज्ञापनसमेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्