नेभिगेशन
प्रदेश

छिन्नमस्ता भगवती मन्दिरको आम्दानी एक करोड ४५ लाख

सप्तरी, ३ असोज - सप्तरीस्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्वर्द्धन समितिले गत आर्थिक वर्ष २०८१-०८२मा एक करोड ४५ लाख ९८ हजार तीन सय ४४ रुपैयाँ आम्दनी गरेको छ । समितिका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरले शुक्रबार संचारकर्मीसँग कुराकानी गर्दै आयव्ययको विवरण जानकारी दिएका हुन् ।

त्यसमा समितिले कुल ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ नाफा गरेको उनले बताए । समितिले कर्मचारीको तलबदेखि अन्य व्यवस्थापनमा ९० लाख ६३ हजार चार सय ७२ रुपैयाँ खर्च भएको बताए । मन्दिर समितिले सबभन्दा बढी पसलबाट सटर भाडा वापत ३३ लाख ४६ हजार आम्दनी गरेको मन्दिरको तथ्याङ्क छ । 

बली प्रदानमा २७ लाख ६३ हजार, बोका बनाउने ठेक्काबाट १९ लाख ६१ हजार, गाडी पुजनमा ११ लाख ९३ हजार, शिघ्र दर्शनमा ११ लाख ६० हजार, गाडी पार्किङबाट ६ लाख ५१ हजार, दान पेटिकाबाट ७ लाख ४२ हजार, मुण्डन ठेक्काबाट ६ लाख ५५ हजार रुपैयाँ सहयोग प्राप्त गरेको छ । त्यस्तै मन्दिर समितिले अन्य चन्दा, धर्मशाला, फुटकर पसल, पिकनिक, शिर्षकमा समेत सहयोग पाएको छ ।

व्ययमा सबभन्दा बढी बिजुली तथा डेकोरेशनमा २१ लाख २६ हजार खर्च भएको छ । कर्मचारी तलबमा १५ लाख ९७ हजार, निर्माणमा ९ लाख २२ हजार, बोकाको लागि बोरा खरिद ५ लाख ६३ हजार, अतिथि सत्कारमा ४ लाख ५२ हजार, खानेपानीमा ४ लाख १४ हजार, दैनिक ज्यालामा ४ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सुरक्षा, यातायात, आरती, मर्मतसम्भारमा समेत खर्च भएको समितिले जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्