नेभिगेशन
नेपाल

भाटभटेनीले कर्मचारीलाई कामबाट ननिकाल्ने, दशैं भत्ता पनि उपलब्ध गराइने

काठमाडौं (संवाददाता)— जेनजीको आन्दोलनका कारण सबैभन्दा ठूलो क्षति भोगेको भाटभटेनी सुपर स्टोरले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ । सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोर जलेर नष्ट भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन् । 

जेनजी प्रदर्शनकारीले भाटभटेनीका विभिन्न शाखामा आगजनी गरी ठूलो क्षति पुर्‍याएका थिए । तर पनि, कर्मचारीलाई ननिकाली दशैं भत्ता उपलब्ध गराइने भाटभटेनीले जनाएको छ । स्टोर जले पनि कर्मचारीलाई निकाल्ने र उनीहरूले निर्धक्क काम गर्न सक्ने वातावरण बनाउने कम्पनीले जनाएको छ । 

क्षति पुगेका स्टोरका कर्मचारीहरू जागिर जाने त्रासमा भएका बेला भाटभटेनीले कर्मचारी ननिकाल्ने तर अन्य शाखामा स्थानान्तरण गरेर काम दिने जनाएको हो । हाल भाटभटेनीका विभिन्न शाखामा १० हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्