नेभिगेशन
विश्व

हलिउड नायिका व्यापार गर्छिन्

कहिलेकाहीँ ग्विनिथ पेल्ट्रो आफैंलाई हेरेर पनि असजिलो महसूस गर्छिन् । उनको नयाँ फेसन ब्रान्ड ‘ग्विन’बार कुरो गर्दा उनले भनेकी थिइन्, ‘म आफ्ना ९२ लाख इन्स्टाग्राम फलोअर्सले मन पराउने ड्रेस– पोस्टहरू गर्न मन पराउँदिनँ । मलाई त यो धेरै ‘नर्डी’ (असजिलो) लाग्छ ।’

तर, उनले यी कपडाका पोस्टहरू अझै पनि गरिरहेकी छन् किनभने उनको टोलीले ‘गूप’ नामक उनको क्यालिफोर्नियास्थित लाइफस्टाइल कम्पनीका लागि सामग्री आवश्यक पर्छ भन्छ । 

पेल्ट्रोले सिफारिस गरेका भाइब्रेटरदेखि लिएर ‘भजाइना– सुगन्धित’ मैनबत्ती, सलाद, कोटसम्म बिक्छ । त्यसैले उनी न्यूयोर्कस्थित एक ‘गूप स्टाइल’ अपार्टमेन्टमा आफ्ना परिवारका तस्बिर र ‘ग्विन’ लेखिएको थरिथरिका नयाँ ब्रान्ड सार्वजनिक गर्न उपस्थित भइन् ।

तर हाल गूप आफैं ‘पहिचान संकट’ बाट गुज्रिरहेको छ । गत वर्ष १८% कर्मचारी कटौती गरेपछि र टार्गेट कम्पनीमा बिक्री हुने किफायती सौन्दर्य उत्पादन बन्द गरेपछि, कम्पनी फेरि आफ्ना शुरूका ‘कोस्टल महिला’ ग्राहकहरूलाई लक्षित गर्दैछ । ग्विनिथ आफैं पनि ग्राहक बटुलिरहेकी छन् ।

हिजो शुक्रबार उनले ‘ग्विन’ ब्रान्डले ती मूल ग्राहकलाई पुनः आकर्षित गर्ने प्रयास गर्दैछ । यसमा अनेक किसिमका लक्जरी वस्तुहरू छन् । यसले उनको पुरानो ब्रान्ड ‘जी. लाबेल’लाई प्रतिस्थापन गर्नेछ । यसले इटालीमा बनेका कपडाहरू बिक्री गर्ने गरेको थियो ।

पेल्ट्रोले २०१६ मा कपडाको ब्रान्ड सुरु गर्दा ‘गूप’ नाम अरू कपडा कम्पनीसँग टकरिएकाले ‘जी. लाबेल’ नाम दिएकी थिइन् ।

सन् २०२४ मा गूपले स्थापना गरेको सन् २००८ यताकै उच्च वार्षिक आम्दानी गरेको छ । तर त्यसको ४७% व्यवसाय सौन्दर्य उत्पादनमा थियो भने फेसन मात्र १५% मा । त्यसैले पेल्ट्रोले नयाँ फेसन ब्रान्डलाई ठूलो हिस्सा बनाउन चाहन्छिन् ।

पेल्ट्रोका आलोचकहरूले प्रायः उनको ‘अचम्मका’ स्वादहरूलाई आलोचना गर्छन् । हुन पनि उनलेहड्डीको सूप उपवास, भेजिनल स्टिमिङ वा १२५ डलर पर्ने जैतुन तेलको प्रचारप्रसार गर्ने गरेकी छन् तर पेल्ट्रोले ग्विनलाई केही हदसम्म ‘लोकतान्त्रिक’ भन्छिन् । महँगा लक्जरी ब्रान्डको कारखानामै बनेको भए पनि, मूल्य केही सस्तो राखिएको उनले बताइन् ।

उनको लक्ष्य पुस्तान्तर पार हुने फेसन बनाउनु हो । उनले भनिन्, ’हामी महिलाले जुनसुकै उमेरमा आफूलाई जस्तो मनपर्छ त्यसरी र त्यस्तै नै ड्रेस गर्न सक्छौं ।’

तर पेल्ट्रो आफैं कम्पनीको क्रिएटिभ प्रमुख र कार्यकारी दुवै भएकाले बारम्बार संघर्ष हुन्छ । ’क्रिएटिभ हिसाबले मलाई सबैभन्दा रोचक संस्करण चाहिन्छ । तर सीईओका हिसाबले म नाफा–नोक्सानी र व्यापारिक पक्ष पनि हेर्नुपर्छ ।’

‘आधुनिक लाइफस्टाइल ब्रान्ड निर्माण गर्ने’ आफ्नो अन्तिम सपना भएको बताउनले उनले फेसनलाई उनले स्किनकेयर र खानासम्म पुग्ने टोन–सेटरको रूपमा देख्छिन् ।

तर, प्रश्न उही छ, ब्रान्डको प्रचारमा उनी आफैं सधैँ कति अगाडि आउने ? जी. लाबेलको उनी आफैं मोडेल बनेकी थिइन्, तर ग्विनको अनुहार १९९० को दशककी सुपरमोडेल ग्विनभेर भान सीनस बनेकी छन् ।

गूपका मार्केटिङ प्रमुख एलेक्सा रिटाक्को भन्छिन्, ’ग्विनिथ हाम्रो ब्रान्डको सधैं महत्वपूर्ण अंश हो । तर ग्विन आफ्नै बलमा पनि उभिनुपर्छ ।’ यद्यपि, पेल्ट्रोका ‘आउटफिट स्लाइडशो’ सामाजिक सञ्जालमा भने निश्चित रूपमा देखिनेछन्, चाहे उनलाई मन परे पनि नपरे पनि ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्