नेभिगेशन
प्रदेश

हिउँले पुरिएर दुईको मृत्यु

गोरखा । हिमपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । टेन्टमा सुतिरहेका बेला आएको पहिरोले पुरिएर शनिबार राति जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहणका लागि नेपाली सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए । तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव सोमबार हेलिकप्टरबाट काठमाडौं पठाइने भएको छ ।
यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिंगापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ । आरोहीहरु आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्