नेभिगेशन
राजनीति

कांग्रेस अधिवेशन ५८ जिल्लाका ५१२ पालिकामा

बाँकी २४१ बिहीबार र शुक्रबार हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन भएको छ । अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको र केही स्थानमा सम्पन्न निर्वाचनको परिणाम आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । 
बाँकी रहेका २४१ पालिकामा बिहीबार र शुक्रबार पनि अधिवेशन हुने समितिले जनाइएको छ । यसैबीच कांग्रेस निर्वाचन समितिले भारी वर्षाको पूर्वानुमान रहेकाले निर्वाचन अधिकृतहरूलाई मौसमको अवस्था हेरेर अधिवेशन सञ्चालन गर्न पनि निर्देशन दिएको छ । असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सम्बन्धित निर्वाचन अधिकृतहरूलाई मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थालाई ध्यानमा राख्न निर्देशन दिएको हो । समितिले प्रतिकूल मौसमको अवस्था देखिएमा अनुकूल समय मिलाएर अधिवेशन सम्पन्न गर्नसमेत निर्वाचन अधिकृतहरूलाई आग्रह गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा अधिवेशन प्रक्रियालाई निरन्तरता दिँदै मौसमजन्य जोखिमप्रति समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिका कार्यसमिति सभापतिका सुशन वैद्य सर्वसम्मत चयन भएका छन् । कागेश्वरी मनोहरा नगरपालिका सभपातिमा उद्धव दाहाल पनि सर्वसम्मत चयन भए । गोकर्णेश्वर नगरपालिका सभापतिमा कुमार लामा सर्वसम्मत भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्