नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौं । कांग्रेसको १६ देखि १९ असोजसम्म हुन गइरहेको १५औं महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ ।
यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाइ भइरहेको निर्वाचन अधिकृतहरूबाट जानकारी प्राप्त भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । पार्टीको निर्वाचन समितिले सो अवस्थामा मौसम विभागले सूचना जारी गरेको सन्दर्भलाई पनि दृष्टिगत गरी यही १० असोजका लागि तोकिएको प्रदेशसभा एवं प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार १३ असोजभित्र गरिसक्न निर्देशन दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै