नेभिगेशन
अर्थतन्त्र

इनड्राइभको फाइनान्सियल लिटरेसीमा २५ सय जना  सहभागी

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ नामक फÞाइनान्सियल लिटरेसी कोर्समा २ हजार ५ सय जनाले सहभागिता जनाएका छन् । 
ड्राइभर पार्टनरलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग गर्ने उद्देश्यले यो कोर्स सञ्चालन गरिएको हो ।

इनड्राइभ एपको ड्राइभर मोड ड्राइभर एकेडेमीमार्फत उपलब्ध सो कोर्स ड्राइभर पार्टनरको दैनिक आर्थिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ । विशेषगरी दैनिक रूपमा आम्दानीमा उतारचढाव हुन सक्ने ड्राइभर पार्टनरले आफ्नो आम्दानी र खर्चलाई व्यवस्थित रूपमा बुझ्न, योजना बनाउन तथा आर्थिक निर्णय लिन सकून् भन्ने उद्देश्यले कोर्समा सरल र व्यावहारिक जानकारी समेटिएको छ ।
कोर्समा आम्दानी तथा खर्च व्यवस्थापन, आर्थिक लक्ष्य निर्धारण, बचत तथा आकस्मिक कोष, जिम्मेवार रूपमा ऋण लिने तरिका र इनड्राइभमार्फत थप आम्दानीका अवसर लगायतका विषय समेटिएका छन् । प्रत्येक मोड्युलमा सिकेका विषयलाई आफ्नो वास्तविक आर्थिक अवस्थासँग जोडेर प्रयोग गर्न सक्ने गरी व्यावहारिक अभ्यास तथा क्याल्कुलेटरसमेत उपलब्ध गराइएको छ ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘ड्राइभर पार्टनरहरूले दैनिक रूपमा विभिन्न आर्थिक जिम्मेवारी व्यवस्थापन गरिरहेका हुन्छन् र उनीहरूको आम्दानी पनि काम गर्ने समय तथा दैनिक परिस्थितिअनुसार फरक हुन सक्छ । त्यसैले फÞाइनान्सियल लिटरेसीसम्बन्धी ज्ञानलाई सरल, व्यावहारिक र सहज रूपमा उपलब्ध गराउनु महत्वपूर्ण छ । ‘योर फÞाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ मार्फत ड्राइभर पार्टनरलाई बजेट व्यवस्थापन, बचतको योजना, ऋणसम्बन्धी निर्णय तथा आम्दानी व्यवस्थापनमा सहयोग पुग्ने उपयोगी जानकारी र उपकरण उपलब्ध गराउन चाहेका छौँ ।’
कोर्स पूरा गरेका एक ड्राइभर पार्टनरले भने, ‘यस कोर्सबाट बचत, बजेट र पैसाको व्यवस्थापनबारे व्यावहारिक ज्ञान पाएँ। कोर्स सरल र बुझ्न सजिलो थियो । कोर्स पूरा गरेपछि मैले दैनिक खर्चको हिसाब राख्ने, बजेट बनाउने र नियमित रूपमा बचत गर्ने बानी विकास गर्न थालेको छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्