नेभिगेशन
अर्थतन्त्र

एमजी मोटर नेपालको चाडपर्व अफर, ३ लाख रुपैयाँसम्म बचत

काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ । गत मंगलवारदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन् । 
‘ड्राइभ मोर, सेलिब्रेट मोर’ अफरमा एमजी एचएस पिएचइभीसहित एमजी४ लगायतका मोडलहरू समावेश छन् । 
हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस पीएचइभी÷एचइभीले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्ने बताइएको छ । त्यसैगरी एमजी यु० इभी क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको चार बाइ चार इलेक्ट्रिक पिकअप हो । त्यसैगरी, एमजी एस ६ इभीमा १८० किलोवाट मोटर, आरडब्लुडी, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ । त्यस्तै, लोकप्रिय एमजीएस५ इभी ४३ लाख ९९ हजार रुपैयाँदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र आरडब्लुडी तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्