नेभिगेशन
खेलकुद

टी-२० बरीयतामा नेपालको सुधार

नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौं एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् । चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा शनिबार भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।
    क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो । महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलंकाकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।
    मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् ।
    पुरुष एकलमा प्रफुल डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।  
यस्तै जारी प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । 
    जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा शनिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजयी लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग–यो । 
    नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यसैगरी रोहितकुमार पौडेलले अविजित ३३, दिपेन्द्रसिह ऐरीले १५ तथा कुशल मल्ले ९ रन जोडे । 
    बलिङतर्फ अफगानिस्तानका लागि फरिदुन दाउदजाई, अबदुल्लाह अहमदजाई र अरब गुलले समान एक एक विकेट लिए । 
    त्यसअघि ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनायो । अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए । त्यस्तै नजिबुल्लाह जाद्रानले ३० तथा नंगेलिया खानले अविजित १७ रनको योगदान दिए ।  
    बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले शनिबार जापानसँग खेल्नेछ । नेपालको समूहमा अफगनिस्तान र जापान रहेका छन् । यस्तै समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

टी–२० वरियतामा नेपालको सुधार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औं एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै आईसीसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले दुई स्थान सुधार गरेको हो ।
    नेपाल अब टी–२० अन्तर्राष्ट्रिय वरियताको चौधौं स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौं स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौंबाट दशौं स्थानमा झरेको हो । शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन ग¥यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्यो ।

महिला कबड्डीमा नेपाललाई कास्य पदक
महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अंकले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो । यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो । 
    सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अंकको जित निकालेको थियो । भारतले दोस्रो हाफमा १७–७ अंकले अग्रता लियो । 
    नेपालले यसअघि समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । 
    बीसौं एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि कराते विधातर्फ नेपालका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कास्य पदक प्राप्त गरेका थिए । 

क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने
नेपालले क्रिकेटको क्वार्टरफाइनलमा आफ्नो स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
    नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अंक बाँडेको हो । नेपालले अब क्वार्टरफाइनलमा श्रीलंकाविरुद्ध खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल मंगलबार हुने तालिका छ ।  
 जापानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो । 
    नागोयास्थित कोरोगी स्पोट्र्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन तथा लोकेशले २२ बलमा छ छक्का र एक चौकाको सहयोगमा अविजित ५२ रनको पारी खेलेका हुन् ।
    यस्तै, आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जेक कुसुडा नायर्न र रेओ साकुरानो थोमसले एक÷एक विकेट लिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्