नेभिगेशन
अर्थतन्त्र

विश्व पर्यटन दिवसमा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी सम्मान

भक्तपुर । विश्व पर्यटन दिवसको अवसरमा परम्परागत एवं आधुनिक सा“स्कृतिक विधाहरुलाई पुरस्कार वितरण तथा सा“स्कृतिक गुरुहरु र पर्यटन सम्बद्व संघ संस्था व्यवसायी र सहयोगीहरुलाई सम्मान गरिएको छ । 
सो अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरका जनताको मुख्य सम्पत्ति यहाँको कला, संस्कृति तथा मूर्त अमूर्त सम्पदा रहेको बताउँदै अमूर्त सम्पदालाई समेत लिपिबद्ध गर्न सके त्यसको संरक्षणसँगै व्यापक जनसमुदायमाझ पु¥याउन सकिने र त्यसले जीवन्तता पाउने उल्लेख गरे ।
बाल्यकालमा सिकेको सीप जीवनभर उपयोगी हुने भन्दै उनले भक्तपुरका जनता नै कलाकार भएको धारणा राखे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व पर्यटन दिवसको अवसरमा पुरस्कृत हुने सांस्कृतिक गुरुहरुले पुस्तौंदेखि अमूर्त सम्पदाको संरक्षण र पुस्तान्तरणमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे ।
यसैक्रममा नेपाल चीनबीचको सम्बन्ध तथा भक्तपुर नगरपालिकासँगको सहकार्यलाई थप उजागर गर्ने उद्देश्यले ‘चिनियाँ मित्रहरु भक्तपुर’ मा नामक पुस्तकको विमाचेन गरिएको बताए ।
भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये चिनियाँ पर्यटक दोस्रो स्थानमा रहेको उल्लेख गर्दै उनले भक्तपुरको कला, संस्कृति र अमूर्त सम्पदाले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताए । 
 बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले चिनियाँ मित्रहरु भक्तपुरमा पुस्तकले भक्तपुरको सम्बन्ध र यात्राको मार्ग कहाँ गइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्