नेभिगेशन
अर्थतन्त्र

स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच अटो लोन सम्झौता

काठमाडौं । नेपालका लागि  कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ । सुविधाअन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
यो सजिलो फाइनान्सिङ सुविधा होण्डा सीआर–भी, सिटी इःएचईभी, फिफ्थ जेन सिटी र एलिभेट लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुने बताइएको छ ।
सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोट्र्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ्ग कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्