नेभिगेशन
खेलकुद

बीसौँ एसियाली खेलकुदः  नेपालले थप्यो पदक

जापानमा जारी एसियाली खेलकुदमा नेपालले ‘११औं विश्व सितोरियो कराते च्याम्पियनसिप’मा थप ६ पदक जितेको छ । नेपालले दुई स्वर्ण, एक रजत र तीन कास्य जितेको हो ।
नेपालका लागि एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण जितेर देशलाई गर्वित तुल्याउँदा निरुपा डोङ तामाङले रजत हात पारिन् । त्यस्तै मीनबहादुर तामाङले कास्य जिते । एरिकाले ६८ केजीमाथि, राकेशले ६० केजीमुनि, निरुपाले ६८ केजीमुनि र मीनबहादुरले ६७ केजीमुनिको प्रतिस्पर्धामा उपलब्धि हासिल गरेका हुन् । नेपालले कुमिते टिमतर्फ पनि कास्य पदक हात पारे ।
त्यस्तै, मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटीसम्मिलित काता टोलीले पनि कास्य पदक जितेको छ । नेपाली टोलीलाई मुख्य प्रशिक्षद्धय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठले लिड गरेका थिए ।
टेनिसमा बास्तोला र खड्काको जोडी विजयी
जारी प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुआत गरेको छ ।
    हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मंगोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अंकले पराजित गरेको हो ।
    बास्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मंगोलियाली जोडीले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । अन्ततः बास्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो ।
यो जितसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब उक्त जोडीले क्वाटरफाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ । 

कुमालको राष्ट्रिय कीर्तिमान
पुरुष ८०० मिटरमा नेपाली धावक सोमबहादुर कुमालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । आइतबार सम्पन्न पहिलो चरणको हिट–१ मा सोमबहादुरले १ मिनेट ४८.९५ सेकेन्डको समय निकाल्दै पाँचौं स्थान हासिल गरे । दौडको अधिकांश समय तेस्रो स्थानमा रहेका सोमबहादुर ६०० मिटर पार गर्दा पनि तेस्रोमै थिए । तर, अन्तिम २०० मिटरमा दुई खेलाडीले उनलाई उछिने ।
प्रत्येक हिटबाट शीर्ष दुई र कम समय निकालेका थप दुईगरि कूल ८ खेलाडी मात्र फाइनल पुग्ने प्रावधान थियो । त्यसैले सहभागी २० धावकमध्ये ८औं स्थान हासिल गर्नका बावजुद सोमबहादुर फाइनल पुग्न सकेनन् । तेस्रो एसियाड अनुभव लिएका सोमबहादुरले १ मिनेट ४९.५५ सेकेन्डको आफ्नै कीर्तिमानलाई सुधार गरेका हुन् ।
सोमबहादुरले एकै वर्ष ८०० मिटरमा राष्ट्रिय कीर्तिमान बनाएको यो तेस्रो पटक हो । यसै वर्ष चीनमा भएको एसियन इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा १ मिनेट ५१.४६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
एसियाडको बन्द प्रशिक्षणमा रहँदा उनले भारतको भुवनेश्वरमा सम्पन्न ‘इन्डियन ओपन वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टूर’मा १ मिनेट ४९.५५ सेकेन्डको समय निकालेका थिए । अब नेपालले दुईवटा स्पर्धामा चुनौती पेश गर्न बाँकी छ । सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले महिला ५ हजार मिटरमा दौडिनेछन् । त्यस्तै मुकेशले पुरुष ५ हजार मिटरमा सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्