नेभिगेशन
अर्थतन्त्र

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

लमजुङ । मस्र्याङ्दी नदीमा जलस्तर उच्च भएपछि आइतबार बिहानदेखि बन्द गरिएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन् । 
बेंसीसहर–१ दलालमा रहेको मध्यमस्र्याङ्दी आयोजना  प्रमुख तारादत्त भट्टराईका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो । नदीको बहाव सामान्य बन्दै गएपछि सोमबार दिउँसोदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको उनले जानकारी दिए  । ७० मेगावाट क्षमताको आयोजनामा ३५–३५ मेगावाट क्षमताका दुई वटा टर्बाइन छन् । 
यसैगरी, मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा रहेको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाका इन्जिनियर कर्ण अधिकारीका अनुसार आवश्यक प्राविधिक काम, सरसफाइ तथा अन्य व्यवस्थापन पूरा गरेपछि विद्युत् उत्पादन पूर्ण क्षमतामा पुनः थालिएको हो । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत् उत्पादन रोकेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्