नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशन केही दिन सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ । पार्टी स्रोतका अनुसार महाधिवेशन तीन दिनदेखि एक सातासम्म पर धकेलिन सक्छ । 
प्रवक्ता देवराज चालिसेले मंगलबार बिहान बैठक बसेर महाधिवेशन सार्नेबारे निर्णय हुने बताए । असोज १६–१९ का लागि कांग्रेसको महाधिवेशन तय भएको थियो । ‘प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सडक पुलहरू भत्केका छन् । केही स्थानमा क्षेत्रीय अधिवेशन गर्न कठिनाइ भइरहेको छ त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ । केही निर्णय भएको छैन,’ प्रवक्ता चालिसेले भने । 
गत बिहीबारदेखि आइतबारसम्म भएको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरोले सडक र पुलहरू भत्काएको छ । काठमाडौं आउजाउ गर्न लागि पनि सडकको समस्या भएको छ । त्यसैले पार्टीले अधिवेशन केही दिन पर सार्ने तयारी गरेको हो । कांग्रेसले अधिकांश स्थानमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ भने केही स्थानमा भने बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्