नेभिगेशन
अर्थतन्त्र

वागीश्वरीले दियो बाढी पीडितका लागि करिब १२ लाख

भक्तपुर । गत महिना रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्ला लगायत विभिन्न भागमा पु¥याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गदै बागीश्वरी परिवारले करिब १२ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । 
राहत तथा पुनस्र्थापनाका लागि वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज परिवारको तर्फबाट सङ्कलित सहयोग रकम ११ लाख ९५ हजार ३३३ रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको हो । 
जसअन्तर्गत वागीश्वरी माध्यमिक विद्यालयबाट संस्थागत २ लाख, शिक्षक कर्मचारीहरुबाट ७ लाख २५ हजार ८२९ रुपैया“, विद्यार्थीहरुबाट ५४ हजार ४१८ रुपैया“, प्रा.डा. सिद्धिवीर कर्माचार्यबाट ४४ हजार ४४४ रुपैया“ गरी १० लाख २४ हजार ६९१ रुपैया“ रकम दाखिला भएको छ ।
वागीश्वरी कलेजबाट संस्थागत ५० हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट ६१ हजार ९ रुपैया“, विद्यार्थीहरुबाट ८ हजार गरी १ लाख १९ हजार ९ रुपैया“ रकम दाखिला भएको छ । त्यस्तै, वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तर्फबाट संस्थागत २५ हजार रुपैया“, शिक्षक कर्मचारीहरुबाट १९ हजार ४५३ रुपैया“, विद्यार्थीहरुबाट सङ्कलित ७ हजार १८० रुपैया“ गरी जम्मा ५१ हजार ५३३ रुपैया“ रकम दाखिला भएको छ ।
दाखिला भएका भौचरहरुसहितको पत्र सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले हन्तान्तरण गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्