नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया बैंकका ग्राहकलाई होन्डा ब्राण्डमा सुविधा

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनीबीच बैंकका ग्राहकहरूलाई होन्डा ब्राण्डका विभिन्न सवारी साधनहरू किन्दा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र स्याकार ट्रेडिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरे । 
समझदारी अनुसार ग्राहकहरुले उक्त कम्पनीले बेच्दै आएका होन्डा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहकहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछ । त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सकिने बताइएको छ । त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा ० दशमलव २५ प्रतिशत छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्