नेभिगेशन
अर्थतन्त्र

शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर

काठमाडौं ।  शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।
योजनाअन्तर्गत हरेक दिन ८ जना भाग्यशाली विजेताले २ हजार ४ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार ९ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन् । साथै, ४ जना भाग्यशाली बम्पर विजेताले ४ दिन ५ रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।
चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको यस योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिदसँगै आकर्षक उपहार तथा थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्न लागेको हो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्