नेभिगेशन
अर्थतन्त्र

सुपथ मूल्यमा खाद्यान्न बिक्री

बागमती । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ ।
    कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा पीठो सरकारले तोके अनुसारको छुट मूल्यमा बिक्री गरेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वसाधारणलाई छुट मूल्यमा गरिने वितरण समान होस् भन्ने उद्देश्यका साथ प्रति व्यक्ति छ पोका नुन, छ किलोग्राम चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराउने गरिएको छ ।
बजारको प्रचलित बिक्री मूल्यअनुसार कार्यालयले चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, मैदामा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा प्रति लिटर सात रुपैयाँ छुटसहित बिक्री गरिरहेको कार्यालय प्रमुख अधिकारीले बताए । सुपथ मूल्यमा बिक्री गर्ने क्रम आगामी तिहारसम्म जारी रहने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्