नेभिगेशन
अर्थतन्त्र

आइसिएफसि फाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । आइसिएफसि फाइनान्सले मंगलवार तेइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट चुक्ता पु“जीको १० दशमलव ५२६३५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३÷८४ को लागि बाह्य लेखापरीक्षकमा श्री ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश  शेयरधनीहरूको सम्बन्धित खातामा जम्मा गरिने फाइनान्सले जानकारी गराएको छ ।
चुक्तापुँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिमार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आवको भदौ मसान्तसम्म  २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन र १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्