नेभिगेशन
अर्थतन्त्र

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि बजाज दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको योजना ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोडिन प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको जनाइएको छ । 
अभियानअन्तर्गत, बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकहरूले पाँचवटा विशेष सुविधा प्राप्त गर्नेछन् ।  ईएमआई फाइनान्सिङमा शुन्य प्रतिशत ब्याज, १ लाख रुपैयाँसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्ष ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पाउने उल्लेख गरिएको छ । 
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘चेतक फेस्टिभ फाइभमार्फत हामी ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन चाहन्छौं । कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्नेछन् ।’
‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहने बजाजले उल्लेख गरेको छ ।
बजाज चेतक इलेक्ट्रिक दुईपांग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो । यसले विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्