नेभिगेशन
अर्थतन्त्र

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी ईन्सोरेन्सबीच सम्झौता सम्पन्न

काठमाडौं । बिगत २५ बर्षदेखि गरगहना सम्वन्धि कार्य गर्दे आएको हिमालयन बुलियन कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता भएको छ । 
सो अनुसार कम्पनीका हरेक ग्राहकको  सुरक्षाका लागि हिमालयन बुलियन कम्पनी र सगरमाथा लुम्बिनी ईन्सोरेन्स बीच ग्राहकहरुको दुर्घटना बीमा गरिदिने सम्झौता भएको हो ।  सम्झौता अनुसार आउँदै गरेको बडा दशैंको घटस्थापनाको दिनदेखि हरेक ग्राहकको दुर्घटना बीमा हुनेछ ।
सम्झौताअनुसार सिल्भर मेम्बरसिपमा १ लाख रुपैयाँसंम्मको, गोल्ड मेम्बरसिपमा ५ लाख रुपैयाँसंम्मको र डायमन्ड मेम्बरसिपमा १० लाख रुपैयाँसंम्मको दुर्घटना बीमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्