नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड अमेरिकी डलर  बराबरको रिस्क सेयरिङ्ग साझेदारी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच  स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ्ग साझेदारी सुविधासम्बन्धी सम्झौता आदानप्रदान भएको छ । सिद्धार्थ बैंकले प्रवाह गर्ने लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जामा निहित जोखिमको ५० प्रतिशत हिस्सा आईएफसीले वहन गर्ने यस व्यवस्थाले देशभरका लघु, साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तार गर्ने सिद्धार्थ बैंकको क्षमतालाई थप सुदृढ बनाउने बैंकको विश्वास रहेको छ । यो व्यवस्था नेपालमा आईएफसीको पहिलो जोखिम साझेदारी पहल हो ।
‘जोखिम साझेदारी सुविधाका लागि आईएफसीसँग भएको ४ करोड अमेरिकी डलरको यो साझेदारी बाट हाम्रो लघु, साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा पोर्टफोलियो विस्तारको दिशामा एक महत्वपूर्ण कदम हुने विश्वास लिएका छौ । साना व्यवसायीहरू चुनौतीपूर्ण आर्थिक परिस्थितिको सामना गरिरहेको यस कठिन समयमा यस सुविधाले देशभरका साना व्यवसायीहरूलाई कर्जा प्रवाह गर्ने हाम्रो क्षमतालाई थप सुदृढ बनाउने अपेक्षा रहेको छ । विवेकपूर्ण कर्जा मापदण्डलाई कायम राख्दै यस महत्वपूर्ण क्षेत्रमा कर्जा प्रवाह बढाएर उद्यमशीलतालाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने तथा नेपालको समावेशी आर्थिक वृद्धिमा योगदान पु¥याउने बैंकको लक्ष्य रहेका” सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्