नेभिगेशन
अर्थतन्त्र

इनड्राइभमा सुनका सिक्का, स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालीहरूको महान् चाड दशैं–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व क्याम्पेन ‘सुनको सवारी’ सुरु गरेको छ । क्याम्पेनअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड्स  पूरा गरी ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच लगायतका आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।

छ हप्तासम्म सञ्चालन हुने यो क्याम्पेन बुधबारबाट शुरु भएको छ ।  दशैं र तिहारको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट, टीका तथा अन्य चाडपर्व गतिविधिका कारण यात्राको आवश्यकता बढ्ने भएकाले यात्रुहरूको दैनिक यात्रालाई थप उत्साहपूर्ण र यादगार बनाउने उद्देश्यले इनड्राइभले यो क्याम्पेन ल्याएको हो ।
‘सुनको सवारी’ क्याम्पेनअन्तर्गत यात्रुहरूले हरेक हप्ता पूरा गर्ने राइड्सको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एक हप्तामा ५ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्रका लागि योग्य हुनेछन् । त्यस्तै, ३ वा सोभन्दा बढी राइड्स  पूरा गर्ने यात्रुहरू ३२ इन्च सामसुङ स्मार्ट टिभी जित्ने अवसरका लागि सहभागी हुन सक्नेछन् भने कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुहरू स्मार्टवाच लक्की ड्रमा सहभागी हुनेछन् ।
छ हप्ताको अवधिमा इनड्राइभले यात्रुहरूलाई कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा ३२ इन्च सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच प्रदान गर्नेछ ।
इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले भनिन्, ‘ सुनको सवारीमार्फत हामी यात्रुहरूको चाडपर्वका यात्राहरूलाई अझ रमाइलो र विशेष बनाउन चाहन्छौं । यात्रुहरूले आफ्नो नियमित यात्रामार्फत विभिन्न उपहार जित्ने अवसर पाउनुहुनेछ, जसले दैनिक यात्रामा थप उत्साह र खुसी थप्नेछ ।’
‘सुनको सवारी’ क्याम्पेन नेपाली चाडपर्वसँग जोडिएको समृद्धि, शुभता र भाग्यको सांस्कृतिक भावनाबाट प्रेरित रहेको छ । दशैंको समयमा खेलिने रमाइलो तथा भाग्यसँग सम्बन्धित गतिविधिहरू र तिहारमा सुनलाई समृद्धि तथा शुभताको प्रतीकका रूपमा हेर्ने परम्परालाई यात्रासँग जोड्दै इनड्राइभले यो अवधारणा प्रस्तुत गरेको हो ।
क्याम्पेन अवधिभर इनड्राइभले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममार्फत विजेताहरूको घोषणा गर्नेछ । साथै, डिजिटल सामग्री, इन्फ्लुएन्सरमार्फत प्रचार तथा अन्य क्याम्पेन गतिविधिहरू सञ्चालन गरिनेछन् । 
यात्रुहरूले क्याम्पेन अवधिभर इनड्राइभमार्फत यात्रा पूरा गरेपछि स्वतः लक्की ड्रका लागि योग्य हुनेछन् ।
५ वा सोभन्दा बढी राइड्स पूरा गरेमा ५ ग्राम सुनको सिक्का जित्ने अवसर, ३ वा सोभन्दा बढी राइड्स पूरा गरेमा ३२ इन्च सामसुङ स्मार्ट टिभी जित्ने अवसर र १ वा सोभन्दा बढी राइड पूरा गरेमा स्मार्टवाच जित्ने अवसर प्राप्त हुने इन्ड्राइभले जनाएको छ । 
एनआईसी एशिया बैंकका ग्राहकलाई टोयोटा गाडी खरिदमा सुविधा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच बैंकका ग्राहकहरूलाई टोयोटा ब्राण्डका विभिन्न सवारी साधनहरू खरिदमा आकर्षक ब्याजदर सहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट उपमहाप्रबन्धक रेखा शाह काकीले हस्ताक्षर गरेका थिए । 
समझदारी अनुसार ग्राहकहरुले उक्त कम्पनीले बेच्दै आएका टोयोटा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहक महानुभावहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछ । त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्