नेभिगेशन
अर्थतन्त्र

बुटवलमा हुँदैछ पल्सर आरपीएम

बुटवल । युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । 
पल्सर आरपीएम बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा शनिवार आयोजना हुनेछ । पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ¥याप, डिजे प्रस्तुति, ग्राफिटीलगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहनेछन् । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका 
मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ । बुटवलमा आयोजना हुने पल्सर आरपीएममा सहभागी हुन सबै युवालाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्