नेभिगेशन
अर्थतन्त्र

धनगढीमा एआई फर नेपाल सुरु

काठमाडौं । सुदूरपश्चिमको धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियानको भव्य सुरुवात भएको छ । क्यान महासंघको आयोजनामा सञ्चालित एआई, साइबर सुरक्षा र प्रविधि तालिममा ४०० भन्दा बढी विद्यार्थी सहभागी भई व्यावहारिक ज्ञान हासिल गरेका छन् । 
४०० भन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा एआई, साइबर सुरक्षा र डाटा प्रविधिको व्यावहारिक ज्ञान प्रदान गरियो। प्रविधिको तीव्र विकाससँगै नेपाली युवा पुस्तालाई भविष्यका डिजिटल अवसरहरूसँग जोड्न सुदूरपश्चिमको धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियानको भव्य सुरुवात भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार आयोजित विशेष तालिम तथा अन्तरक्रिया कार्यक्रममा धनगढीका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ४ सयभन्दा बढी विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को व्यावहारिक प्रयोग, सम्भावना र चुनौतीबारे प्रत्यक्ष प्रशिक्षण लिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एआईले मानव जीवनका हरेक आयामलाई सरल बनाउँदै लगेको चर्चा गर्दै यसको प्रयोगमा उत्तरदायित्व र सतर्कता आवश्यक रहेको बताए । 
कार्यक्रमका विशिष्ट अतिथि तथा क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘एआई फर नेपाल २०२६’ केवल औपचारिक तालिम मात्र नभई नयाँ पुस्तालाई डिजिटल भविष्यका लागि तयार पार्ने राष्ट्रिय अभियान भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्