नेभिगेशन
अर्थतन्त्र

नेपाल प्रिमियर लिगको पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारणका लागि हिमालय स्पोट्र्स एचडीसँग पावर्ड बाइ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न गरेको छ। उक्त सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो।
यस वर्षको टी–२० क्रिकेटअन्तर्गत आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ आगामी कार्तिक ८ गतेदेखि मंसिर २१ सम्म सञ्चालन हुने तय भएको छ।
नेपालमा क्रिकेट केवल खेलमा सीमित नरही साझा उत्साह, भावना र राष्ट्रिय एकताको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ। देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीहरूलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको यही विशेषतासँग नेपाल लाइफले आफ्नो ब्रान्डको भावना जोड्दै हिमालय स्पोट्र्स एचडीमार्फत एनपीएल को प्रसारण यात्रामा सहकार्य गरेको हो।
नेपाल लाइफका लागि यो सहकार्य केवल एउटा प्रसारण साझेदारी मात्र नभई खेलप्रतिको प्रेम, नेपालीहरू बीचको आत्मीयता र खेलकुदले सिर्जना गर्ने राष्ट्रिय एकतासँग जोडिने अवसर समेत हो। मैदानमा फरक टिमबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शक एउटै खेल, एउटै उत्साह र एउटै भावनामा जोडिन्छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्