नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी महासोमबार योजना सञ्चालन

काठमाडौं । ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन महालक्ष्मी महा सोमबार सञ्चालन गर्ने भएको छ । 
योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार दराजमार्फत अनलाईन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका डेबिट कार्ड  लिएका गा्रहकहरूले दराज नेपाल मार्फत न्यूनत्तम २ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँ छुट प्राप्त गर्नेछन् भने क्रेडिट कार्ड लिएका ग्राहकहरूले न्यूनत्तम २ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । योजना हरेक सोमबार मात्र लागु हुने उल्लेख गरिएको छ । सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकहरूले हरेक सोमबार समयमै यस योजनाको लाभ लिन सक्ने बताइएको छ । 
योजनामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक  बैकिङ सेवाको प्रयोग विस्तार गर्नुका साथै ग्राहकहरूलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मुल्य अभिवृद्धि प्रदान गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्