नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ ।
आउँदो सोमबारसम्म सञ्चालन हुने अफरअन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बताइएको छ । यसका लागि ग्राहकले दराजको एपमा रहेको मेगा दशैं डिस्काउन्ट १०.१० अभियानअन्तर्गत बैंक भौचर  सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ ।
संकलित भाउचर ग्राहकको दराज प्रोफाइलको माइ भौचरमा सुरक्षित हुने बताइएको छ ।
त्यसपछि २ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेविट कार्ड छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सक्नेछ ।
दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोगलाई प्रवद्र्धन गर्न यस अफरले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्