नेभिगेशन
अर्थतन्त्र

कृति कनेक्ट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले काठमाडौंमा रेड बुल १३औं कृति अवाड्र्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम सम्पन्न गरेको छ ।
विगतका वर्षका कृति अवाड्र्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवाड्र्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानकारी दिनका लागि आयोजना गरिने गरिएको यस प्रकारको कार्यक्रमलाई यस वर्ष गैर–सदस्य एजेन्सीहरूलाई समेत संलग्न गरी यस अवाड्र्सको गरिमा र छविलाई थप उचाइमा पु¥याउने मुख्य उद्देश्यका साथ ‘कृति कनेक्ट’को रूपमा आयोजना गरिएको हो ।
क्रियटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स नाराका साथ आयोजित सो कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचारहरू, ऊर्जा र सम्बन्धहरूलाई सुदृढ पार्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिएका थिए । कार्यक्रममा नेपाली विज्ञापन उद्योगका प्रतिष्ठित व्यक्तित्वहरूले कृति अवाड्र्सका विविध पक्षहरूमा प्रकाश पारेका थिए ।
आनका पूर्व अध्यक्ष तथा कृति अवाड्र्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवाड्र्सको उद्देश्य र उपादेयताका साथै आनका वर्तमान प्रथम उपाध्यक्ष उज्वल शाक्यले यस वर्ष हुन गइरहेको कृति अवाड्र्सको १३औँ शृंखलाका विविध विषयका बारेमा प्रकाश पारेका थिए । 
त्यसैगरी हालसम्म सबैभन्दा धेरै कृति अवाड्र्स विजेता मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवाड्र्स हात पार्न गर्नुपर्ने तयारी तथा प्रस्तुतिकरणका बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय र सिर्जनात्मक बजारीकरणका आयामहरूमा केन्द्रित रहेर एक छलफल समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद दिँदै यस किसिमका कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महŒवपूर्ण भूमिका खेल्ने विश्वास लिएको आनका अध्यक्ष सुदीप थापाले बताए ।
रेड बुल मुख्य प्रायोजनमा यस वर्ष हुन गइरहेको कृति अवाड्र्सको १३औँ शृंखलालाई रेड बुल १३औँ कृति अवाड्र्स २०८३ मा इन्फ्लुएन्सर एजेन्सी इनमार्क इन्डिया एन्ड एसोसिएट्स तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज पावर्डबाईका प्रायोजक रहेका छन् भने एनसेल, प्राइम टाइल्सलगायत अन्य प्रतिष्ठित ब्रान्डहरू सपोर्टेड बाई प्रायोजक रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्