नेभिगेशन
अर्थतन्त्र

पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न

पोखरा । लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले पोखरामा आयोजना गरेको एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । क्याम्पमा १०० भन्दा बढी एसएमएल महिन्द्राका व्यावसायिक सवारीसाधन सहभागी भएका छन् । पोखरा केन्द्रित रहेर आयोजना गरिएको क्याम्पमा गोरखालगायत आसपासका क्षेत्रका ग्राहक तथा सवारीसाधनले समेत सहभागिता जनाएका थिए ।
ग्राहकलाई नियमित सर्भिसिङप्रति प्रोत्साहित गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्ने, आवश्यक मर्मतसम्भारबारे जानकारी उपलब्ध गराउने तथा बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको हो । 
क्याम्पअन्तर्गत ग्राहकलाई श्रम शुल्कमा ५० प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा स्पेयर पाट्र्समा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइएको थियो । यसका साथै, सहभागी सवारीसाधनको प्राविधिक जाँच तथा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्