नेभिगेशन
राजनीति

सशस्त्रका एआइजी दाहाल निलम्बित

काठमाडौं । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बलले दाहालमाथि आचरणविपरीत काम गरेको ठहर गर्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस पठाएको थियो । उक्त सिफारिस तथा अभियोगउपर छानबिन गर्न मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको जनाइएको छ ।   यस घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले जाँचबुझ अधिकृत तोकेको छ । ती अधिकृतलाई ३ दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्