नेभिगेशन
अर्थतन्त्र

दशैं विथ ब्ल्याक डेकर योजना सार्वजनिक

काठमाडौं । बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक डेकरले हुने गरी ‘दशैं विथ ब्ल्याकडेकर’ नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ । स्टाइलिस लिभिङ्ग स्मार्ट च्वाइसेस भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको यस अभियानमार्फत ग्राहकहरूले प्रिमियम उपकरणहरूको खरिदमा आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको उत्कृष्ट अवसर प्राप्त गर्नेछन् । 
अमेरिकाको नम्बर १ ब्रान्डको रूपमा प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल ११६ वर्षको इतिहास बोकेको ब्ल्याक डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउन यो बृहत् अफर बजारमा ल्याएको हो । 
योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक डेकरका तोकिएका उत्पादनहरूको खरिदमा ग्राहकहरूले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किट जस्ता आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्ने बताइको छ ।  
योजना अवधिभर हरेक १५ दिनमा हुने पाक्षिक लक्की ड्र मार्फत भाग्यशाली विजेताले ब्ल्याक डेकरको मिक्सर जित्न सक्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्