नेभिगेशन
अर्थतन्त्र

निओ स्टोरको दसैं योजना

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँलाई लक्षित गर्दै सूचना प्रविधि, ग्याजेट तथा मनोरञ्जन सम्बन्धी विभिन्न प्रडक्ट बिक्री गर्दै आएको निओ स्टोरले ‘निओ फेस्टिभ फिएस्टा’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । 
‘यस दसैं, अपग्रेड पनि सेलिब्रेसनपनि’ भन्ने मूल नाराका साथ सुरु गरिएको योजनाअन्तर्गत ग्राहकले नयाँ ल्यापटप तथा स्मार्टफोन खरिद गर्दा विभिन्न निश्चित उपहार, साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कार प्राप्त गर्न सक्नेछन् । चाडपर्वको अवसर पारेर प्रविधि अपग्रेड गर्न चाहने उपभोक्तालाई दोहोरो लाभ दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकलाई तत्कालै ‘निश्चित उपहार’  प्रदान गरिने व्यवस्था गरिएको छ । योजनामा ल्यापटप किन्ने ग्राहकले चिट्ठा कुर्नु नपर्ने गरी सातवटा दैनिक आवश्यक एसेसोरिजहरू उपहारस्वरूप पाउनेछन् । जसमा ल्यापटप ब्याग, माउस, हेडफोन, ल्यापटप सफा गर्ने क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड तथा किबोर्ड कभर समावेश छन् । 
निश्चित उपहारका अतिरिक्त ग्राहकहरूलाई थप उत्साहित बनाउन साप्ताहिक लक्की ड्रको समेत प्रबन्ध गरिएको छ । योजना अवधिभर लगातार सात सातासम्म हरेक हप्ता ३–३ जना भाग्यशाली विजेता छनोट गरिने बताइएको छ । यसरी छानिएका विजेताहरूले आधुनिक प्रविधियुक्त ‘एक्युफिट’ (ब्त्राष्त) ब्रान्डको स्मार्टवाच उपहार पाउनेछन् । साप्ताहिक रूपमा सञ्चालन हुने यस उपहार कार्यक्रमबाट सात हप्ताको अवधिमा कुल २१ जना ग्राहक लाभान्वित हुने उल्लेख गरिएको छ । 
बम्पर लक्की ड्रमार्फत छानिने तीन जना विजेतालाई घरायसी प्रयोगका लागि बहुउपयोगी मानिएका ‘हायर’ ब्रान्डका उच्चस्तरीय उपकरणहरू प्रदान गरिनेछ । जसअन्तर्गत एक जनाले हायर वासिङ मसिन, एक जनाले हायर रेफ्रिजेरेटर र अर्का एक जनाले हायर टेलिभिजन प्राप्त गर्नेछन् । अभियानको अन्त्यमा पारदर्शी रूपमा बम्पर विजेताहरूको नाम सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्