नेभिगेशन
अर्थतन्त्र

सुविसुको कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट सम्पन्न

नेपालगन्ज । सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगन्जमा कनेक्ट २०२६ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ ।

सुविसुले यस वर्ष २५ वर्षको यात्रा पूरा गरेको अवसरमा देशभर सेवाग्राही तथा साझेदारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आगामी दिनमा सेवा र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले कनेक्ट २०२६ कनेक्सन बियोन्ड कनेक्टिभिटी अवधारणासहित अघि बढाएको हो । कार्यक्रममा नेपालगन्ज लगायत धनगढी, कोहलपुर, दाङ, सुर्खेत र बर्दियाका कर्पोरेट सेवाग्राही पनि सहभागी भएका थिए ।
कार्यक्रममा सुविसुका वरिष्ठ उपाध्यक्ष दिपेश मास्केले  २५ वर्षको यात्रामा सेवाग्राहीको विश्वास र सहकार्य कम्पनीको महत्वपूर्ण आधार रहेको बताए । उनले बदलिँदो आवश्यकता र प्रविधिअनुसार सेवा सुधार गर्दै सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सुबिसुले आफ्नो मुख्य सेवा इन्टरनेट र नेटवर्क कनेक्टिभिटीसँगै अन्य आईटी सेवाहरू पनि सञ्चालनमा ल्याएको जानकारी गराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्