नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकका ग्राहकलाई बीएमडब्लु खरिदमा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्सबीच बैंकका ग्राहकहरूलाई बीएमडब्लु ब्राण्डअन्तर्गतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा सहुलियतपूर्ण आकर्षक ब्याजदरसहित अन्य विशेष सेवा तथा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र लक्ष्मी प्रिमियम मोटर्स प्रालिका तर्फबाट डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  
समझदारी पश्चात बैंकका ग्राहकहरुले नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा उक्त कम्पनीले बेच्दै आएका बीएमडब्लु ब्राण्डका सबैं प्रकारका गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिन चाहने ग्राहकहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने बताइएको छ  । त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहकहरुका लागि भने ७ वर्षको लागि ५ दशमलव ९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नेछ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्