नेभिगेशन
समाज

बालेनलाई भ्रष्टाचारको मुद्दा चल्ने संकेत, कसरी मुछिए अनियमिततामा ?

काठमाडौँ ।  चौतर्फी घेरमाबन्दीमा परेर शक्तिहीन बनेका काठमाडौंमा महानगरपालिकाका मेयर बोलन शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पनि तानिएका छ । बालेन, एकातिर उपमेयर, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको घेराबन्दीमा परेका छन् अर्कोतिर विदेश भ्रमणमा जाँदा भ्रष्टाचार भएको भन्दै अख्तियारको छानबिनमा समेत परेका छन् । 

गत वर्षको जेठमा बालेन विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन दुईजना सल्लाहकारसहित फ्रान्स गएका थिए । त्यतिखेर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल भ्रमण टोलीमा सहभागी थिए । सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । त्यस्तै महानगर प्रमुख बालेन सल्लाहकार सुनील लम्सालका साथमा अर्कोपल्ट ब्राजिल भ्रमणमा गएका थिए । यस भ्रमणको खर्च पनि अनियमितरूपमा गरिएको महालेखाले उल्लेख गरेको छ ।

अख्तियारले उनका सल्लाहकारहरूसँग बयान लिइसकेको बताइएको छ । बालेनसँग पनि सोधपुछ गरेपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा अख्तियारले निर्णय गर्नेछ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ । त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्