नेभिगेशन
अर्थतन्त्र

कांग्रेस १५औँ महाधिवेशनः बन्दसत्रबाट कोषाध्यक्षको प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रबाट आज कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।
बन्दसत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।  छलफलपछि उक्त प्रतिवेदन बन्दसत्रले पारित गरेको हो ।
प्रतिवेदन पारित भएसँगै कांग्रेसको महाधिवेशनअन्तर्गत बन्द सत्रमा प्रस्तुत गरिएका विभिन्न प्रतिवेदन पारित हुने क्रममा छन् ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्